काठमाडौं – काठमाडौँको सुकेधारा र घट्टेकुलोमा ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार  सुकेधारास्थित ढलाने पुल नजिकै भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ । जसमध्ये एक जनाको घटनास्थलमै र अर्का एक जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले बताए ।


ADVERTISEMENT

# # #


यस्तै घट्टेकुलोमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।

यस्तै घटनामा पाँच जना घाइते भएका छन् । घाइतेको वीर अस्पताल र ओम अस्पतालमा उपचार भइरहेको छ । के कारणले घटना भएको हो भन्ने कुरा बाहिर आइसकेको छैन ।