सुनसरी – मोटरसाइकलमा आएका अज्ञात व्यक्तले गोली प्रहरी गरी ४ लाख रुपैयाँ लुटपाट गरेका छन् । धरान उपमहानगरपालिका– ५ साउनेस्थित जीवन बिकास सहकारी शाखा कार्यालय धरान–१६ बालीकामोडबाट पैसा उठाउन खटिएका शम्भु गच्छादारलाई गोली हानेर रकम लुटिएको हो ।


ADVERTISEMENT


नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना ब्यक्तिहरुले शम्भुलाई गोली प्रहार गरी घाइते बनाई उक्त नगद लुटी फरार प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरीरहेको छ । घाइते शम्भुको धरान घोपा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।