काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि सरकारले मूलधारको राजनीतिमा ल्याउन सरकार प्रयासरत रहेको बताएका छन् । राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे सोमबार संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले विप्लव समूहका शिंसात्मक गतिविधि नियन्त्ररण गरेर मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।


ADVERTISEMENT


‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ,’ गृहमन्त्री थापाले भने, ‘यो समूहलाई मुल धारमा ल्याउन र गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’ गृहमन्त्री थापाका अनुसार विप्लव समूहको मुख्य निशानामा यतिबेला उपत्यका क्षेत्र बनाएका छन् ।


ADVERTISEMENT

# # #


गृहमन्त्री थापाले भने, ‘केही समयदेखि यता विप्लव नेतृत्वको नेकपा संविधान र राज्यव्यवस्था विरुद्ध र शान्ति विरोधी गतिवधि गर्दै आएका छन् । उनले यो गतिविधिको लागि नेकपाको नामको पार्टी गठन गरेका छन् ।’ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चार कम्पनी जनसेना निर्माण गरेको गृहमन्त्री थापाले जानकारी दिएका हुन्। उनले विप्लव समूहले जनसरकारका रूपमा जनपरिषद् संस्था गठन गरेको पनि जानकारी दिए।

‘जनसेनाको रूपमा उनीहरूले चार कम्पनी निर्माण गरेको छन्’, गृहमन्त्री बादलले भने, ‘यो सबै गतिविधि नेतृत्व गर्नका लागि नेकपा नामको पार्टी गठन गरेका छन्।’ आइतबार भएको विस्फोटमा हालसम्म चार जनाको मृत्यु भएको झण्डै आधा दर्जन घाइते भएको पनि गृहमन्त्री थापाले जानकारी दिए ।

मृत्यु हुने सबै विप्लवको संगठन सँग सम्बध व्यक्ति रहेको र घाइते पनि अधिकांश सोही समूह रहेको बताए । गृहमन्त्रीका अनुसार आइतबार बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक जस्ताले छाएको एक तले घरमा रहेको महोत्तरी घरमा जिव कुमार ठाकुरको पसल भित्रको कोठामा बम विस्फोट भएको थियो । घटनामा एक पुरुषको घटनास्थालमा नै र घाइते ६ दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

घाइतेहरुमा कपन घर बताउने हरि खड्का, सुरेन्द्र महजर्न र एक जना नाम नखुलेका व्यक्ति रहेका छन् । घटनामा पसमा काम गर्ने छोटु ठाकुरको वीर अस्पतालमा उपचार भइरहेको छ ।

यता, मैतिदेवि लोकमञ्जरी कार्की तीन तले घरमा भएको विस्फोटमा को बझाङ २७ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको छ भने घटनामा घाइते भएका रुकुम जिल्लाका २६ वर्षीय रविन केसीको ट्रम सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै, आइतबार साँझ नै चन्द्रागिरी–३ मा भएको विस्फोटमा थानकोट वृत्तले मोटरसाइकलमा प्रेसर कुकरको टुक्रासहित घाइते दुई जनालाई फेला पारेको पनि गृहमन्त्री थापाले जानकारी दिए ।

घाइते हुनेमा ललितपुरका ३० बुद्ध लामा र विक्रम लामा रहेका छन् । बुद्धको वीर अस्पताल र विक्रम लामो शहीद स्मारक अस्पतालमा कलंकीमा उपचार भइरहेको छ ।