काठमाडौँ – प्रहरीले चितुवाको छाला र हड्डीसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सोह्रखुट्टेदेखि फ्लो गर्ने क्रममा कलंकी मकालु पेट्रोल पम्प नजिकैबाट उनीहरुलाई सोह्रखुट्टे वृत्तले पक्राउ गरेको हो ।


ADVERTISEMENT


सोह्रखुट्टे वृत्तका इन्सपेक्टर सुदर्शन देव जोशीको कमण्डमा खटिएको टोलीले आइतबार ४ बजेतिर धादिङका बालाजु बस्ने वर्ष २५ को पल बहादुर मगर र बर्दीया राजापुरका वर्ष ३० को कृष्ण चौधरीलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


ओड्बो नामक खैरो झोलाभित्र लुकाईछिपाई बोकी हिँडिरहेको अवस्थामा वन्यजन्तु चितुवाको छाला र कंकाल हड्डीसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।