काठमाडौँ – प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै थापाले गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।


ADVERTISEMENT


प्रेस युनियनको २८ औं वर्षगाँठको अवसरमा बोल्दै नेता थापाले गृहमन्त्रीले जनतालाई सुरक्षा दिन नसकेकाले राजीनामा दिनुपर्ने बताए । गृहमन्त्रीले सोमबारको बैठकमा आइतबार काठमाडौंमा भएको बम विस्फोटबारे जानकारी दिँदै उपत्यकामा विप्लवको चार कम्पनी जनसेना रहेको बताएका थिए।


ADVERTISEMENT

# # #


‘गृहमन्त्रीले सुरक्षा दिन खोज्नु भएको कि नागरिकलाई तर्साउन खोज्नु भएको ?,’ गगनले भने, ‘नागरिकलाई सुरक्षा दिन नसकेकोले गृहमन्त्रीले राजीनामा दिनुपर्छ।’

यस्तै, उनले कांग्रेस सुधारका लागि जागरण अभियान हैन महाधिवेशन गर्न आवश्यक रहेको बताए।

‘पुराना नेताहरूलाई सम्मानजनक ठाउँ दिएर युवाको नेतृत्वमा आयो भने मात्र हामीले अर्को चुनाव जित्न सक्छौं,’ उनले भने।