काठमाडौं । अन्य मन्त्रालयले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सुरु गरेपनि शिक्षा मन्त्रालयले खटाएका कर्मचारी स्थानीय तहमा नजाँदा समस्या चुलिएको छ ।


ADVERTISEMENT


शिक्षा मन्त्रालयका अधिकारीको आरोप यो छ कि आफूहरुलाई सौताने ब्यबहार गरेकाले स्थानीय तहमा जान नसकिएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


ADVERTISEMENT

# # #


संसदको बिकास समितिको बैठकमा शिक्षा मन्त्रालय र संघीय मामला तथा स्थानीय बिकास सचिवबी चर्काचर्कीनै परेको थियो । दुई सचिवबीच चर्काचर्की परिरहँदा बिकास समिति सभापति रविन्द्र अधिकारी पटक पटक सम्झाइरहेका थिए ।

भनाभन यतिसम्म पुग्यो कि स्थानीय सचिव दिनेश कुमार थपलियाले शिक्षा मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद गौतमले आफूलाई संघीयता नजानेको आरोप लगाएकोसमेत भन्न भ्याए ।

शिक्षा मन्त्रालयका निमित्त सचिव गौतमले शिक्षा मन्त्रालयमा रहेर काम गरिरहेका कर्मचारीलाई बरिष्ठताका आधारमा व्यवस्थापन गर्नुपर्ने बताए । आफूभन्दा कनिष्ट कर्मचारी मातहत ब्यवस्थापन गर्न खोजिएको भन्दै शिक्षा मन्त्रालयका कर्मचारीले बिरोध जनाएपछि संसदीय समितिले दुवै मन्त्रालयका कर्मचारीलाई बोलाएर छलफल गरेको हो ।