काठमाडौँ –एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैँकले सोमबार मोरङको विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियामा र सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोकमा गरी दुई नयाँ शाखा सुरुवात गरेको हो ।


ADVERTISEMENT

# # #


रानी मिल्स एरिया शाखाको बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्याल र बुद्ध चोक शाखाको यस बैंकका सञ्चालक विनोद कुमार प्याकुरेलले गरेका छन् ।

बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।