काठमाडौं – विगतमा एसियाली स्तरमा सञ्चालन हुँदै आएको हाजिरी जवाफ प्रतियोगिता ‘क्वीज मेनिया’को सातौँ सिजन भने विश्वव्यापी हुने भएको छ । एक्रेटिभ मिडिया प्रा.लिको आयोजकत्वमा हुने सातौँ सिजनमा करिब ६० देशका विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन् ।


ADVERTISEMENT


कार्यक्रमलाई राजेश हमालले प्रस्तत गर्ने भएका छन् । कार्यक्रमलाई विश्वव्यापीकरण गर्नका लागि एक्रेटिभ मिडिया र गैरआवासीय नेपाली संघबीच सहकार्य भएको छ । शुक्रबार भएको सहकार्य सम्वन्धमा सम्झौता पत्रमा एक्रेटिभ मिडियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरि पोखरेल र गैरआवासीय नेपाली संघका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त कुमार डवाडीले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौतापछि एक्रेटिभ मिडियाका सीइओ पोखरेलले प्रतियोगितामा विदेशी विद्यार्थी र कलेजको सक्रिय सहभागितालाई मध्यनजर गर्दै यस पटक विश्वव्यापी स्तरको कार्यक्रम निर्माण गर्न लागिएको बताए ।

उनले विदेशी कार्यक्रमका फ्रेन्चाइजहरु नेपाल भित्रिने क्रममा रहेको वर्तमान परिप्रेक्ष्यमा एक नेपाली कार्यक्रम अन्तर्राष्ट्रियकरण हुँदै जानु आफैमा एक गौरवको विषय भएको उनले बताए । गैर आवासीय नेपाली संघ, परराष्ट्र मन्त्रालय नेपाल र देश विदेशमा रहेका युवा संजालको सहयोग र सहकार्यका साथ प्रतियोगिताको व्यापक तयारी भईरहेको पोखरेलले बताए ।

प्रतियोगितामा विश्वमा रहेका उच्च माद्यामिक स्तरमा अध्ययनरत विद्यार्थीको सहभागिता रहने छ । उक्त प्रतियोगिताले विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने मौका प्राप्त गर्नुका साथै उनीहरुका लागि यो कार्यक्रम एक अर्कालाई नजिकबाट चिन्ने, सांस्कृति, शिक्षा आदानप्रदान हुने र नेपालको पर्यटन समेत प्रवर्दन हुने आयोजकको अपेक्षा छ ।