काठमाडौँ – नेपाल टेलिकमले मुस्ताङको दूर्गम क्षेत्र लोमान्थांग गाउँपालिका र नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेरमा जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


टेलिकमले सोमबार एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल टेलिकमका कर्मचारीहरुको समेत उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो ।


ADVERTISEMENT

# # #


दुर्गम तथा विकट हुनुका साथै चीनको सीमानासम्म जोडिएका ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरेको हो । यसअघि सो स्थानमा कुनै पनि मोबाइल सेवाको पहुँच थिएन । अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

उक्त मोबाइल सेवा सञ्चालनबाट समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् । सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएका छन् ।

अब सो क्षेत्रका वासिन्दाले जीएसएम मोबाइलबाट डाटा चलाउन र फोन गर्न सक्नेछन् । त्यसैगरी भ्रमणका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत लाभान्वित हुनेछन् ।