काठमाडौँ – सरकारले कृषि तथा पशुपंक्षी विकासको क्षेत्रमा ३४ अर्ब ८० करोड विनियोजन गरेको छ । बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


५ वर्षभित्र फलफूल बालीले ढाकेको क्षेत्रफल दोब्बर बनाइने, शहरी क्षेत्रमा कौशी खेती प्रवर्द्धन गरिने, एक स्थानीय तहमा कम्तीमा एक जना कृषि प्राविधिक राख्ने सरकारको योजना रहेको छ । सरकारले आगामी अवमा दुध, माछा मासु, ताजा तरकारीमा आत्मनिर्भर हुने घोषणा गरेको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न ८ अर्ब १० करोड विनियोजन, महिला बालबालिका र जेष्ठ नागरिक शीर्षकमा ७८ करोड बजेट विनियोजन गरिएको छ ।

सबै प्रकारका बालश्रमको अन्त्य गरिने, बादी महिलाको सशसक्तिकरणका लागि आवास विकासको कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई देशब्यापी बनाइने, युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिने सरकारको योजना रहेको छ ।

बजेटसम्बन्धी थप समाचार : 

– आगामी आर्थिक वर्षका लागि सरकारको बजेट प्रस्तुत हुँदै (LIVE)

– आगामी वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि, एक वर्षमा विद्युत् उत्पादन दोब्बर हुने

– प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब अनुदान

– विद्यालय तहको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन

– मेलम्ची खानेपानीमा ७ अर्ब ३९ करोड रकम विनियोजन

– सरकारले बढायो वृदभत्ता, कति पुग्यो ?