काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि नयाँ बजेट ल्याएको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षका लागि खर्च र आयको अनुमानित विवरण संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका हुन् ।


ADVERTISEMENT


उनले १५ खर्ब ३२ अर्बको बजेट पेस गरेका छन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ ।


ADVERTISEMENT

# # #


सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको छ। सरकारले १ सय ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ।

कुन क्षेत्रमा कती ?

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले निम्न अनुसारको बजेट विनियोजन गरेका छन् ।

शिक्षा क्षेत्र :  १ खर्ब ६३ अर्ब

स्वास्थ्य क्षेत्र : ६८ अर्ब ७८ करोड

पुनर्निर्माण  :१ खर्ब ४१ अर्ब

खानेपानी तथा सरसफाइ : ४३ अर्ब ४६ करोड

श्रम तथा रोजगार : ७ अर्ब १४ करोड (प्रधानमन्त्री रोजगार कार्यक्रम ५ अर्ब एक करोडसहित)

सामाजिक सुरक्षा : ६४ अर्ब ५० करोड

कृषि तथा पशुपंक्षी :  ३४ अर्ब ८० करोड

महिला वालिका तथा ज्येष्ठ नागरिक : ७८ करोड

सिँचाइ : लागि २३ अर्ब ६३ करोड

वन तथा वातावरण : १५ अर्ब ४९ करोड

भूमिसुधार तथा सहकारी : ७ अर्ब ६९ करोड

पर्यटन : २२ अर्ब ६८ करोड

औद्योगिक पूर्वाधार विकास : २ अर्ब ८७ करोड

वाणिज्य तथा आपूर्ति : ११ अर्ब ७४ करोड

ऊर्जा : ८९ अर्ब ८३ करोड

यातायात पूर्वाधार : १ खर्ब ६३ अर्ब

हवाइ : १५ अर्ब ८५ करोड

यातायात व्यवस्थापन : १ अर्ब ५३ करोड

युवा तथा खेलकुद : ३ अर्ब ९९ करोड

गत वर्ष अर्थमन्त्री खतिवडाले पहिलो बजेट चालु आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्षका लागि चालुतर्फ ८ खर्ब, पुँजीगतर्फ ३ खर्ब तथा वित्तीयतर्फ १ खर्बसहित १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षको लागि ल्याइएको बजेट गत आर्थिक ०७४/७५ को भन्दा ३७ अर्बले बढी थियो ।