इनरुवा– सुनसरीको बराह नगरपालिका–६ मा हात्तीको आक्रमणबाट शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी रामबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


ADVERTISEMENT


कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
शवपरीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान, धरान लगिएको बताइएको छ ।


ADVERTISEMENT

# # #