काठमाडौँ – एनआईसी एशिया बैंक र किष्ट हस्पिटल, काठमाडौंबीच स्वास्थ्य सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख बजार व्यवस्थापन अधिकृत दीपक ढकाल र किष्ट हस्पिटलको तर्फबाट हस्पिटलका नायव निर्देशक सुरज बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

बैंकले देशभर मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।