एजेन्सी – विश्व क्रिकेटको महाकुम्भ आइसीसी एकदिवसीय क्रिकेट विश्वकप आजबाट सुरु भएको छ । इङल्याण्ड र वेल्समा हुने विश्वकपको पहिलो अर्थात् उद्घाटन खेल लण्डनको द ओभल मैदानमा आयोजक राष्ट्र इङल्याण्ड र दक्षिण अफ्रिकाबीच सुरु भएको हो ।


ADVERTISEMENT


नेपाली समय अनुसार सवा तीन बजे सुरु भएको खेलमा साउथ अफ्रिकाले टस जितेर बलिङ रोजेको छ । इङल्याण्ड बलिङ गरिरहेको छ । खेलमा दुबै टिम पहिलो पटक विश्वकप जित्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् ।  आफ्नो पहिलो खेलमै घरेलु समर्थकलाई निरास बनाउने लक्ष्यमा हुने छैन इंग्ल्यान्ड । स्पष्ट जित हात पार्दै अघि बड्ने लक्ष्यमा इंल्यान्ड छ ।


ADVERTISEMENT

# # #


उद्घाटन खेल आज भएपनि ओनिङ सेरेमोनी भने हिजै भइसकेको छ । बेलायती महारानी एशिजा वेथले उद्घाटन गरिसकेकी छिन् । एकदिवसीय विश्वकपमा इङ्गल्याण्ड र साउथ अफ्रीकाबीच आजसम्म ६ वटा खेल भएका छन् । जसमा दुबै टिमले समान ३ ३ जित हात पारेका छन् ।

अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेको छ । तर तीनै फाइनलमा अभागी सावित भएको छ । त्यस्तै, दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ । यसपाली इंग्ल्यान्ड टिम बलियो छ । ब्याटिङ, बलिङ र फिल्डङ यी तीनै पक्ष चुस्त देखिएको छ ।

दक्षिण अफ्रिका पनि इंग्ल्यान्डलाई पराजित गर्दै स्पष्ट जितको खोजिमा हुनेछ । दक्षिण अफ्रिकाको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष बलियो छ । यो पटकको विश्वकप उपाधिको दाबेदार टिममध्येकै एक दक्षिण अफ्रिका पनि हो ।

यस्तो छ अन्तिम ११

इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, जोइ रुट, जोस बुटलर, जासन रोय, बेन स्टोक्स,  मोइन अली, क्रिस वोकस, आदिल रशिद, जोफ्रा आर्चर र लियाम पुलंकित ।

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, क्वीन्टन डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, कागिसो रबडा, इमरान ताहिर, लुन्गी नगिडी र एन्डिल फेहलुकवाओ ।