काठमाडौँ – जनता बैंक नेपाल र हाम्रो अस्पताल विराटनगरबीच स्वास्थ्य उपचार सेवामा छुटसम्बन्धि सम्झौता भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौतापत्रमा हाम्रो अस्पतालका सचालक डा. शंकरप्रसाद अधिकारी र बैंकको तीनपैनी शाखाका शाखा प्रमुख प्रशान्त शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारीले उक्त अस्पतालहरुबाट विशेष छुट प्राप्त गर्न सक्नेछन् ।


ADVERTISEMENT

# # #


उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओपीडी सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा प्रदान गरिने छ । यस छुट सुविधा अस्पतालको बिल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।