– मदन अमात्य (नेता, नेपाली कांग्रेस)


ADVERTISEMENT


पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


अब व्यक्तिगत काम त भइ नै हाल्नेभयो । पार्टीको कुरा गर्दा अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको छ । सरकारले जनताको लागि काम गर्न नसकिरहेको बेला कांग्रेसले यो कुरालाई लिएर जनताको घरदैलोमा गइरहेको छ । देश र प्रजातन्त्रको लागि एक भएर लाग्नुपर्ने अवस्था आएको छ । विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुको प्रजातान्तिक पार्टी नेपाली कांग्रेसले अहिले केही गति छाडेको अवस्था छ । यसलाई पहिलेको अवस्थामै पुर्याउनका लागि विभिन्न कामहरु गर्नुपर्ने छ ।

कम्युनिस्टलाई त म कहिल्यै गाली गर्दिनँ । किनभने उसबाट न जनताले कहिल्यै आशा गरेका थिए न गर्नेछन् । प्रजातन्त्र विरोधी शक्तिले प्रजातन्त्रको रक्षा गर्दै मुलुकलाई स्थायित्व दिन्छ भन्ने सोच्नु गलत हो । त्यसकाण नेपाली कांग्रेसले एक भएर अगाडि बढ्नुपर्छ । त्यसैको अभ्यासमा हामी छौँ ।

अहिले समाजवादको यात्रातर्फ मुलुकलाई लैजाने भनिँदै आएको छ । यसको बारेमा के भन्नुहुन्छ ?

समाजवादको यात्रा त कांग्रेस स्वयंले पनि गरेको छैन । कांग्रेस त पूँजीवादमा गइसकेको छ । अमेरिका, क्यानडालाई हेरेर समाजवाद आउँदैन । हामीले अब यूटर्न लिन जरुरी छ । जसका लागि प्रगतीशील कर प्रणाली आवश्यक छ ।

त्यो भनेको के ?

करको नीति सबैलाई समान हुनुहुँदैछ । धेरै कमाउनेसंग धेरै र कम कमाउनेसंग कम लिनुपर्यो । कमाइले घर धान्न पुग्दैन, तैपनी उसमाथि कर लगाइएको छ । यता अर्बौँ कमाउनेलाई पनि त्यही दरमा कर लगाइएको छ । यसलाई अन्त्य गरिनुपर्यो । क्यानडामा हुर्नुभयो भने त्यहाँ ७०–८० प्रतिशत कर लाग्छ ।

मोदीले भारतमा नोटबन्दी गरे । त्यो ठूलो चुनौति थियो । जसले धेरै सुधार ल्यायो । अहिले त्यहाँ १० हजारभन्दा बढि कारोबार गर्दा एक पटक सोच्नुपर्ने अवस्था आएको छ । नेपालमा पनि त्यो हुन आवश्यक छ । तर यहाँ त अर्बोँ अर्ब भ्रष्टाचार हुँदा पनि कसैलाई थाहा छैन । सरकारी निवास बालुवाटारको जग्गा समेत बेचिसकिएको छ भने यो भन्दा ठूलो लाजमर्दो विषय के हुनसक्छ ? अझ लाजमर्दो कुरा त के भने सरकारकै मन्त्री र प्रधानमन्त्री स्वयम् पनि तिनै माफियाहरुलाई संरक्षण गर्न लागिपरेका छन् । अब जनता जाग्नुपर्ने बेला आएको छ । किनभने प्रजातन्त्रमा जनता सचेत भएनन् भने प्रजातन्त्र रहँदैन । गलत गरेको छ भने आफ्नै पार्टीको पनि विरोध गर्न सक्नुपर्छ ।

अहिले देशमा गणतन्त्र आएको छ । एकात्मक शासन ढलेर देश संघियतामा गइसकेपछि स्थानीय जनताले आफ्नै ठाउँमा सरकार पाएका छन् । यसलाई अझै संस्थागत गर्नका लागि के गर्नुपर्छ ?

हेर्नुस्, राजाले हरण गरिसकेपछि पुनः ४६ सालमा आएको प्रजातन्त्र अहिले ३० वर्षसम्म संस्थागत हुन सकेको छैन भने गणतन्त्र र संघीय प्रणाली तुरुन्तै संस्थागत हुन सम्भव छ ? पहिले हामीमा प्रजातान्त्रिक आचरण, पद्धती र संस्कारको विकास गर्नुपर्यो । वास्तवमा भन्ने हो भने अहिले संघियतामा जाने बेला भएकै थिएन । यद्दपी एक दिन न एकदिन त संघियतामा नगएर सुखै थिएन । तर, पहिले प्रजातन्त्र बलियो बनाउनु पर्ने थियो । अब ल्याइसकेपछि यसलाई व्यवस्थित गर्नतिर लाग्नुपर्छ । नेताहरुले हामी सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउँछौँ भने । त्यो भन्नु एकदमै गलत थियो । सिंहदरबारको अधिकार अहिले पनि सिंहदरबारमै छ । शक्तिजति सबै कर्मचारीतन्त्रमा नीहित छ । सरकारका मन्त्रीहरु जे मन लाग्यो त्यही बोलिरहेका छन् । उनीहरु देशभन्दा पनि पार्टी र पार्टीभन्दा बढी आफै बन्न लागीपरेका छन् । सबैतिर भद्रगोल छ । यसरी संघियताको सदुपयोग हुन सक्दैन ।

सरकारले पाँच वर्षमा हामी यो यो गर्छौँ भनेर जुन किसिमका सपना देखाएको छ । ती पूरा हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

अहिले सरकार केपी ओलीले चलाइ रहनुभएको छ । उहाँले गफ राम्रो गर्नुहुन्छ, झापाली भएर होला ! तर, गफ गर्नु र काम गर्नुमा आकाश पातालको फरक छ । अब नेपाली जनताले नागरिकता नपाउने विदेशीले नागरिकता पाउने अवस्था छ । अहिले तराईमा जम्मै विहारका मान्छेहरु आएर जग्गा किनेका छन् रे ! तराईमा विकास हुने ठानेर जग्गा किन्न थालेछन् ! नागरिकताको विषयमा नेपालले जुन किसिमको व्यवस्था ल्याएको छ, त्यो संसारमा कतैपनि छैन । सोच परिवर्तन नहुने हो भने मदन भण्डारीले राजा हटाउँदैमा विकास नहुने भन्नुहुन्थ्यो । अहिले उहाँकै पत्नी राष्ट्रपति हुनुहन्छ । हेर्नुस् त राजाभन्दा कम हुनुहुन्छ ? जनताहरु एकदमै वाक्क भइसकेका छन् । क्यानडाको प्रधानमत्री ट्रेन चढेर हिड्छ तर, हाम्रोमा सामन्ती संस्कार अझै हट्न सकेको छैन । त्यसकारण म त भन्छु विकासका लागि जनताले अर्को आन्दोलन गर्नुपर्छ ।

एउटा प्रतिपक्षीको रुपमा यो बेलामा कांग्रेसको भूमिका के हुन्छ ?

आपसी झगडा छोडेर जनताको लागि काम गर्ने नै कांग्रेसको भूमिका हो । पार्टी नेतृत्व मिलेर अगाडि बढ्नु पर्थ्यो । तर, त्यो हुन सकेन । कांग्रेस हिजो प्रजातन्त्र ल्याउन त्यत्रो बलिदान गरेको पार्टी हो । ल्याएको प्रजातन्त्रलाई आज स्थायित्व त दिन सक्नपर्यो नि ! नयाँ गाडी ल्याएर जसलाई पनि चलाउन दिएजस्तै भएको छ । गाडी राम्रोसंग चलाउन जान्नेलाई दिनपर्यो भन्ने हो । पूँजीवादी अर्थ व्यवस्था लागू गरेर समाजवादतिर जान्छु भन्नु जनतालाई धोका दिनु हो । त्यसकारण हामी परिवर्तन हुनु आवश्यक छ ।