नवलपरासी– दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ ।


ADVERTISEMENT


नवलपरासीको गुठीप्रसौनीको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती गरिएको हो ।


ADVERTISEMENT

# # #


सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गुठी प्रसौनीले जनाएको छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गुठी प्रसौनी र सशस्त्र सीमा बल एसएसबी झुलनीपुरले संयुक्त गस्ती गरेका छन् ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी प्रसौनीका सशस्त्र प्रहरी निरीक्षक पदमबहादुर पुनको नेतृत्वमा रहेको गस्ती टोली र सशस्त्र सीमा बल एसएसबी झुलनीपुरको सशस्त्र प्रहरी निरीक्षक गजेन्द्रसिंहको नेतृत्वमा रहेको संयुक्त गस्ती टोलीले सो गस्ती गरेको हो ।

संयुक्त गस्ती टोलीमा नेपाल सशस्त्र प्रहरीबाट ११, सशस्त्र सीमा बल एसएसबीबाट पाँच र नेपाल प्रहरीबाट तीनजना सुरक्षा कर्मीको संयुक्त सहभागिता रहेको थियो ।

तालाबन्दीपछि सेवाग्राही मर्कामा

नवलपरासीको कावासोती नगरपालिकामा जनप्रतिनिधिले नै अनिश्चितकालीन तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।

आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम एकलौटीरुपमा ल्याइएको आरोप लगाउँदै नौवटा वडाध्यक्षले संयुक्तरुपमा चार दिनदेखि कार्र्यालयमा तालाबन्दी गरेका कारण कामकाज प्रभावित हुन पुगेको हो ।

विशेषगरी तालाबन्दीका कारण कार्यकारी अधिकृत शाखा र लेखा शाखाबाट हुने सबै काम प्रभावित बनेका छन् । प्रमुख, उपप्रमुख बहुमतका आधारमा आव २०७४÷७५ को वार्षिक नीति बजेट तथा कार्यक्रम एकलौटी ढंगबाट पारित गरेको नौवटा वडाका वडाध्यक्षले आरोप लगाउँदै तालाबन्दी गरेका हुन् ।

प्रमुख र उपप्रमुखले आफूहरुको सल्लाहबिना बजेट तथा कार्यक्रम सार्वजनिक गरेको प्रति असहमति प्रकट गर्दै तालाबन्दी गरिएको कावासोती नगरपालिका वडा नं ३ का वडाध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए।