काठमाडौँ – नेपाली सेनाद्वारा आयोजित ‘प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । आइतबारबाट सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन बलाधिकृत रथी शरद कुमार गिरीले गरे ।


ADVERTISEMENT


नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा सुरु भएको प्रतियोगिता २६ गतेसम्म सञ्‍चालन हुनेछ उक्त प्रतियोगितामा विभागीय तीन टिमसहित सातवटै प्रदेशका एकरएक भलिबल टिम गरी जम्मा दश टिमको सहभागिता रहेको छ ।


ADVERTISEMENT

# # #


यस प्रतियोगितामा नेपाली सेनाले खेलकुदको विकास तथा खेलाडीहरुको हौसला वृद्धि गर्न नेपाल इन्भेष्टमेण्ट बैंकको प्रायोजनमा प्रथम, द्धितिय र तृतिय हुने विजेता टिमलाई क्रमशः ३ लाख, १ लाख ५० हजार र ७५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट स्पाईकर, ब्लकर, डिफेण्डर, लिफ्टर, सर्भर र कोचलाई १०–१० हजार नगद पुरस्कार तथा प्रतियोगितामा उत्कृष्ठ हुने खेलाडीलाई १६० सीसी बजाजको मोटरसाईकल प्रदान गरिनेछ ।

यस किसिमको प्रतियोगिताले नागरिक–सैनिक सम्बन्ध सुदृढ एवम् प्रगाढ बनाउन मद्दत पुग्नुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको विकासमा समेत थप टेवा पुग्न जाने विश्‍वास नेपाली सेनाले लिएको छ ।