काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले चौकी आक्रमणको प्रयास गरेपछि उसमाथि थप निगरानी बढाइएको छ ।  सोमबार सोलुखुम्बुमा जिल्ला सुरक्षा समितिको बैठक बस्दै विप्लव समूहमागि थप निगरानी बढाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जिल्ला सुरक्षा समितिको बैठकले विप्लव समूहको गतिविधि बढेको निष्कर्षसहित निगरानी बढाउने निर्णय गरेको जानकारी दिए । बैठकमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


आइतबार राति विप्लवका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास गरेका थिए ।

सम्बन्धित समाचार
विप्लव समूहद्वारा आक्रमणको प्रयास, सूचना पाएपछि चौकी छाडेरै भागे प्रहरी !

यस्तै चौकी आक्रमणपछि गृहमन्त्रालयमा आकष्मिक बैठक बसेको छ । प्रहरी चौकीमा आक्रमण प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको विषयमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक डाकेका हुन्।

बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी प्रमुख तथा गृहका उच्च अधिकारीहरू छन्।