काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व प्रतिबन्धित पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सुरक्षामाथि आक्रमण गर्ने पार्टीको नीति नभएको दाबी गरेका छन् ।


ADVERTISEMENT


सोलुखुम्बु घटनापछि सोमबार विज्ञप्ति जारी गर्दै गएराति सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको विषयको खण्डन गरेका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवासीप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’


ADVERTISEMENT

# # #


उनले प्रहरी चौकी आक्रमणको कुनै घटना नभएको दाबी गर्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप ‘फेक न्युज’ सार्वजनिक गराइएको पनि दाबी गरेका छन् ।

यसअघि गएराति सोलुखुम्बुको विकट क्षेत्र छेस्कामा प्रहरी चौकी आक्रमणको प्रयास भएको सार्वजनिक भएको थियो । प्रहरीले भने थप सुरक्षाका लागि विपदको टोली हेलिकोप्टरमार्फत सोलुखुम्बु क्षेत्रमा पठाइसकेको छ ।

सम्बन्धित समाचार
– ‘चौकी आक्रमण’पछि विप्लव समूहमाथि निगरानी बढ्यो, गृह मन्त्रालयमा आकष्मिक बैठक
– विप्लव समूहद्वारा आक्रमणको प्रयास, सूचना पाएपछि चौकी छाडेरै भागे प्रहरी !