टोकियो – जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । मौसम विज्ञान निकायले उक्त जानकारी दिएको छ ।


ADVERTISEMENT


यस भूकम्पको केन्द्रविन्दु आपपासको क्षेत्रमा ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सुचना जारी गरिएको छैन् ।


ADVERTISEMENT

# # #


स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो । यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । जापान बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।

जापानमा सन् २०११ मा आएको ९.० म्याग्निच्युडको भूकम्पपछिको सुनामीमा परी करिब १९ हजार व्यक्तिको मृत्यु भएको थियो । कतिपय व्यक्तिको शव फेला परौ भने कतिको बेपत्ता अवस्थामा नै रहे ।