काठमाडौँ – निरौला बन्धु सेवा समाजले विश्व शान्तिको कामना गर्दै बूढानीलकण्ठ—१० कपनमा बाह्रदिने महायज्ञको आयोजना गरेको छ ।


ADVERTISEMENT


निरौला बन्धु परिसर नीलोपुलमा पितृ उद्धार गर्ने पनि उद्देश्यले महायज्ञ आयोजना गरिएको समाजका सहसचिव सुरेश निरौलाले बताए । “महायज्ञबाट सङ्कलित रकमबाट समाजको भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ”, उनले भने। यही जेठ २१ गतेदेखि सञ्चालन भएको महायज्ञ जेठ ३२ गते सम्पन्न हुनेछ ।


ADVERTISEMENT

# # #


महायज्ञमा स्वामी मनमोहन (एमएम) मुरारी दास र पण्डित दयाराम (डिकप्रसाद) निरौलाले कथा वाचन गरेका छन् । जेठ २१ गते उद्घाटन भएको महायज्ञमा कलशयात्रा गरिएको थियो भने जेठ २२ गते मण्डपपूजा गरिएको थियो । अन्य दिन नियमित पूजापाठ र कथावाचन हुनेछ । रासस