काठमाडौँ – कामना सेवा विकास बैंकले काठमाडौँको काठमाण्डौ ठमेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले ठमेलमा बिहीबारदेखि आफ्नो ८७औं शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रूतगतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बल बन्नु पर्ने धारणा राखे । यस्तै भने प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेका थिए।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८७ वटा शाखा तथा ४० एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।