काठमाडौँ – भारतीय क्रिकेट टिमका पूर्व कप्तान एवम् वर्तमान विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले झट्का दिएको छ ।


ADVERTISEMENT


आइसीसीले उनलाई इङल्याण्ड र वेल्समा जारी एकदिवसीय क्रिकेट विश्वकप चलिरहँदा आफ्नो ग्लोब (विकेट किपिङ गर्दा लगाउने पञ्जा)बाट भारतीय पारा स्पेशल फोर्सका ‘रेजिमेन्टल ड्यागर’ चित्र तुरुन्त हटाउन निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


भारतीय प्रशंसकले भने धोनीले पारा स्पेशल फोर्सलाई सम्मान दिएको भन्द्र लगाइराख्न आग्रह गरेका छन् । धोनीले बुधबार दक्षिण अफ्रिकाको विरुद्ध भएको खेलमा उक्त चिन्हअंकित पञ्जा लगाएका थिए ।

धोनीलाई २०११ मा पारासुट रेजिमेन्टमा लेफ्टिनेन्ट कर्नलको मानार्थ पद दिइएको थियो भने २०१५ मा उनले प्यारा ब्रिगेडको ट्रेनिङ पनि गरे का छन् ।