एजेन्सी – इङ्ल्याण्डलाई पराजित गर्दै नेदरल्याण्डस नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


बिहिबार भएको खेलमा इङ्ल्याण्डलाई ३-१ ले पराजित गर्दै नेदरल्याण्ड फाइनलमा पुगेको हो।


ADVERTISEMENT

# # #


आइतबार उसले पोर्चुगलसँग उपाधिका लागि भिडन्त गर्नेछ।

खेलमा अग्रता भने इङ्ल्याण्डले लिएको थियो। खेलको ३२ औं मिनेटमा पेनाल्डीबाट उसले अग्रता लिएको हो। सो पेनाल्टी गोल मार्कस रासफोर्डले गरेका थिए।

इङ्ल्याण्डको सो अग्रतालाई नेदरल्याण्डले खेलको ७३ औं मिनेटमा माथिस डि लिग्टको गोलबाट बराबरी गर्‍यो।

सो बराबरीपछि खेल अतिरिक्त समयमा धकेलियो। खेलको ९७ औं मिनेटमा इङ्ल्याण्डका केली वाल्करले आत्मघाती गोल गरेपछि नतिजा नेदरल्याण्डतीर ढल्कियो।

यसरी उपहार गोलबाट २-१ को नतिजामा रहेको नेदरल्याण्डले ११४ औं मिनेटमा गोल गर्‍यो। सो गोल क्वीन्सी प्रोमेसले गरेका हुन्। यस गोलसँगै इङ्ल्याण्ड ३-१ ले पराजित भयो।

हिजोको खेलमा इङ्ल्याण्डको रक्षापक्तिमा चुक देखिएको थियो।