काठमाडौँ — सर्वोच्च अदालतले सुर्खेतबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ ।


ADVERTISEMENT


न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले शाहीलाई गैरकानुनी रुपमा थुनिएको भनी दायर गरिएको निवेदनमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।


ADVERTISEMENT

# # #


पत्रकारमाथि गाली बेइज्जत हुने गरी अभिव्यक्ति दिएको आरोपमा सुर्खेतका पत्रकारहरुको जाहेरीका आधारमा मा प्रहरीले साइबर अपराधको आरोप पक्राउ गरेको थियो । शाही भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय छन् ।