श्याम ठाकुर, सिरहा – सिरहामा लामो समयदेखि नवीकरण नगराएका १४ वटा नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ ।


ADVERTISEMENT


नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि अटेर गरेर सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको हो । संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान– ६, भुमिजा होस्पिटल प्र.ल. गोलबजार, डिफाईन हेल्थ केयर अस्पताल प्रा.लि. लहान –३, कामना नर्सिङ होम प्रालि लहान ४, सगरमाथा मोडेल हस्पिटल प्रालि गोलबजार –८, मा धमिनी हस्पिटल प्रालि गोलबजार ६, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि मिर्चैया ६ गरि ८ वटा रहेका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी, लिला मदन पोलिक्लिनिक एंड प्रसुति गृह लहान १ ,आदित्य मेडिकेयर सेन्टर लहान ८, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक लहान, अलफ्रेण्ड हेल्थ केयर प्रालि लाहान ४, मदर ल्याण्ड पोलिक्लिनिक छ्प्राडी, सहलेश पोली क्लिनिक मिर्चैयाले नविकरण नगरी स्वास्थ्य संस्था सञ्चालन गरेको जिल्ला जनस्वास्थ्य कार्यलय सिरहाले जनाएको छ।

नविकरण समाप्त भएका स्वास्थ्य संस्थाहरुलाई दर्ता नविकरणको लागि दुई महिनाको समय दिएपनि अटेर गरेकोले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्वन्धि निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन जेठ २२ गते पत्राचार गरिएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए ।

उनले नियम विपरित सञ्चालनमा रहेका सवै स्वास्थ्य कार्यालयलाई सात दिनभित्र बन्द गरी जिल्ला प्रशासन कार्यलय र स्वास्थ्य कार्यालयमा जानकारी दिन पत्राचार गरिएको बताए । ७ दिनभित्र स्वास्थ्य संस्था बन्द नगरे गैह्रकानूनी रुपमा संस्था सञ्चालन गरेको अभियोगमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उनले बताए।