काठमाडौँ – जारी विश्वकप क्रिकेटमा डेभिड वार्नरले शतक हानेपछि अष्ट्रेलियाले पाकिस्तानलाई ३०८ रनको चुनौति दिएको छ । टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै ३०७ रन बनायो ।


ADVERTISEMENT


अष्ट्रेलियाका लागि डेभिड वार्नर र कप्तान आरोन पिन्चले उत्कृष्ट सुरुवात दिलाए । उनीहरुले पहिलो विकेटका लागि १४६ रनको शानदार साझेदारी गरे । यसक्रममा वार्नरले १११ बलमा ११ चौका र १ छक्कसहित १०७ रन बनाए । यस्तै फिन्चले ६ चौका र ४ छक्काको मदतमा ८१ रन जोडे ।


ADVERTISEMENT

# # #


त्यसपछि पछि भने अष्ट्रेलियाको लगातार विकेट गइरह्यो । पछिल्लो १४२ रन जोड्न उसले ९ विकेट गुमाउन पुग्यो । शाउन मार्श (२३), एलेक्स केरी (२०), ग्लेन क्याक्सवेल २० रनमा आउन हुँदा उस्मान ख्वाजा १८ र सि६भ स्मिथ १० रनमा आउट भए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद आमिरले घातक बलिङ गरे । १० ओभरमा उनले २ मेडेनसकित मात्र ३० रन दिएर ५ विकेट चट्काए । यस्तै शाहीन आफरिदीले दुई विकेट लिए भने वहाब रिवाज, हसन अली र मोहम्मद हफीजले समान १-१ विकेट लिए ।