एजेन्सी – सम्झिनुहोस्, तपाई दिनभरी जुत्ता ,मोजा लगाएर काम गर्नुहुन्छ । बेलुकीतिर कसैलाई भेट्न वा केही विशेष ठाउँमा जानुहुन्छ । त्यहाँ जुत्ता खोल्दा कोही बेहोस् हुने अवस्था पनि आउनसक्छ । पुख्नुस्, यो अलि बढी नै भयो होला । तर, भनाईको मतलब तपाईका खुट्टाबाट आउने गन्धबाट कोही व्यक्तिहरु हैरान हुन्छन् । त्यसले तपाईलाई पनि अप्ठ्यारो महसुस गराउँछ ।


ADVERTISEMENT


तपाईजस्तै गर्मी मौसममा धेरै व्यक्तिहरु हैरान भएका हुन्छन् । उनीहरुलाई लाग्छ कि पसिनाका कारणले खुट्टा गन्हाउँछ । तर, त्यसो होइन । डाक्टरका अनुसार खुट्टा ब्याक्टेरियाको कारणले गन्हाउँछ । सीमित व्यक्तिहरुले मात्रै यो बुझेका छन् कि पसिनाको कुनै गन्ध हुँदैन । तर, दिनभर खुट्टा बन्द अवस्थामा राख्नाले पसिनाले ब्याक्टेरियालाई भने अवश्य आकर्षित गर्ने गर्छ ।


ADVERTISEMENT

# # #


कसरी खुट्टा गन्हाउनबाट रोक्ने त ? कसैले भन्ला, तुरुन्त धुनुहोस् । तर, तपाई घरिघरि खुट्टा त धुन सक्नुहुन्न नि होइन ? त्यसकारण यी ९ उपाय अपनाउनुहोस्, जसले तपाईका खुट्टा-मोजा गन्हाउनबाट जागाउनेछ ।

बेकिङ सोडा

बेकिङ सोडा खुट्टाको दुर्गन्ध रोक्ने सबैभन्दा सरल र सस्तो उपाय हो । मनतातो पानीमा दुई चम्ची बेकिङ सोडा र कागतीको रस राख्नुहोस् । त्यसपछि त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टामा सफा मोजा लगाउनुहोस् । यो हप्तामा कम्तिमा एकपटक गर्नुहोस्

टालकम पाउडर
जुत्ता लगाउनुभन्दा अघि टालकम पाउडर खुट्टामा छर्किनुहोस् । पाउडरले पसिनाको गिलोपनलाई सोस्ने काम गर्छ जसले गर्दा पसिना कम निस्किन्छ । जुत्तामा पनि पाउडर छर्केर लगाउन सकिन्छ ।

कागतीः
कागती पानी मिलाएर खुट्टा धोए पनि खुट्टा गनाउने समस्याबाट छुटकारा पाउन सिकन्छ । अझ कागती टुक्रा लिएर खुट्टामा दलेर खुट्टा धोए भने त्यसको असर झन् चाँडो हुन्छ ।

नुनः
नुनले खुट्टाबाट आउने दुर्गन्धलाई कम गर्छ । मन्तातो पानीमा नुन हालेर खुट्टा केहीबेर राख्नुहोस् र त्यसपछि राम्रोसँग चिसो पानीले धुनुहोस् ।

चियापत्ति

चियापत्तिलाई पानीमा हालेर त्यसमा खुट्टा डुबाएर राख्नुहोस् । यसले खुट्टाको दुर्गन्ध कम गर्न मद्दत गर्छ ।

स्याउको भिनेगर

एउटा भाँडामा पानी लिनुहोस् र एक चौथाई कप विनेगर हाल्नुहोस् । त्यसमा १० मिनेटसम्म खुट्टालाई डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टा पुछेर क्रिम लगाउनुहोस् ।

मकैको धुलोः
कर्नफ्लोरको उपयोग खुट्टामा नलगाएर जुत्तामा हाल्नुहोस् जसले गिलापन सोस्न मद्दत गर्छ ।

गुणस्तरीय मोजा
मोजा छनोट गर्दा पूर्ण रूपमा कपडाको छनोट गर्नुपर्छ । नाइलन अथवा पोलिष्टर मिसिएको कपडा भएमा तपाइँ खुट्टा पोल्ने र गन्हाउने गर्छ ।

डिटोल साबुनको प्रयोग

यदि यी सबै उपाय अपनाउँदा पनि खुट्टा गन्हाउन कम भएन भने पर्याप्त मोजा किन्नुहोस र हरेक दिन खुट्टा र मोजा डिटोल साबुनले सफा गर्नुहोस ।