झापा – प्रदेश १ का तराईका जिल्लाहरुमा डेंगुको संक्रमण तीव्र भएको छ । एक महिना अघि देखापरेको डेंगु रोग नियन्त्रणको प्रयास भए पनि सार्थक हुन नसक्दा फैलिँदै गएको छ ।


ADVERTISEMENT


अहिले सुनसरीको इटहरी, बराहक्षेत्र, मोरङको सुन्दरहरैंचा, पथरी शनिश्चरे र विराटनगर र झापासम्म पनि यो रोगका विरामी फेला परेका छन् । डेंगुका बिरामी धेरै भेटिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ । बिरामीको संख्या निरन्तर बढिरहेकाले डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईले बताए ।


ADVERTISEMENT

# # #


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा। विकास शाहले धरानमा ४ सय ७४ जनामा डेङ्गुको संक्रमण भेटिएको बताए ।

पछिल्लो तीन दिनमा झापामा आठ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार भद्रपुरस्थित मेची अस्पतालमा एक, बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालमा तीन, बिर्तासिटी अस्पतालमा दुई र दमक अस्पतालमा डेंगु संक्रमित दुईजना बिरामी उपचाररत छन् ।

स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन कुलप्रसाद पौडेलका अनुसार झापामा डेंगु रोकथामबारे कुनै कार्यक्रम अघि बढाइएको छैन ।

डेंगु नियन्त्रणका लागि एक नम्बर प्रदेश सरकारले सचेततापूर्वक आफ्नो क्रियाकलाप सुरु गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापामा आकस्मिक बैठक

डेंगु नियन्त्रणको विषयमा जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार आकस्मिक बैठक बसेको छ ।

प्रमख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहहरुले आफ्नो क्षमताले भ्याएसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य फोकल पर्सन खगेन्द्र दंगालले जानकारी दिए ।