काठमाडौं – चलचित्र ‘प्रेमगीत ३’का मुख्य अभिनेता सार्वजनिक गरिएको छ । निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शकसामु प्रस्तुत गरेको हो ।


ADVERTISEMENT


आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुनलागेको उक्त चलचित्रमा मनिष राउतले मुख्य अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् । मनिषले चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका छन् । उनले दर्जनौं लघु चलचित्रमा काम गरेका छन् ।


ADVERTISEMENT

# # #


निर्माण टिमले राउतका केही क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा राउत बन्दुक र बन्चरोसहित देखिएका छन् । चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको हुन् ।

‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका अभिनेता सार्वजनिक गरेको हो । चलचित्र चैत २८ गते प्रदर्शनमा आउन बताइएको छ ।