काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् ।


ADVERTISEMENT


साताव्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै साँस्कृतिक, ऐतिहासिक धरोहर, परम्परा, रितिस्थितिमाथि जानेर–नजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउने बताए । उनले भने भने, ‘म आइसक्या छु । धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’


ADVERTISEMENT

# # #


उनले सरकारले जनताको मन दुखाउन नचाहेको बताए । ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हँसाउन हो ।’ उनले भने, ‘कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो । यत्ति भन्न चाहन्छु ।’

गुठीका गरिबमाथि शोषण भइराखेको उनले बताए। ‘कतिपय ठाउँमा गुठीका नाममा गरिबमाथि शोषण भइराखेको छ,’ प्रधानमन्त्रीले भने, ‘साँस्कृतिक धरोहरसँग जोडिएका ठाउँमा कतै धक्का लागेको रहेछ भने सरकारले विचार गर्छ।’

उनले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरे।