काठमाडौं – प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने एक पक्राउ परेका छन् । काभ्रे वेथानचोक गाउँपालिका १ घर भई बाफल बस्ने २५ वर्षीय विष्णु केसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


केसीले चन्द्रागिरी नगरपालिका–१२ सतुङ्गल चोकमा खटिएका प्रहरी टोलीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले कलंकीबाट थानकोटतर्फ जाँदै गरेको ना.३ ख ६५२५ नम्बरको गाडी जाँच गर्ने क्रममा नगद दिई आर्थिक प्रलोभनमा पार्ने खोजेकोले उक्त रकम सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ