काठमाडौँ – प्रधानसेनापथि पूर्णचन्द्र थापा चीन प्रस्थान गरेका छन् । चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा साताव्यापी भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT


प्रधानसेनापति थापाको ७ सदस्यीय भ्रमण टोलीलाई आइतबार बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन्। उक्त अवसरमा नेपालस्थित चीनका राजदूत, नेपाली सेनाका रथी, रक्षा मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


यसअघि थापालाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

चीन भ्रमणको दौरान प्रधानसेनापति महारथी थापाले चीनका विभिन्‍न सैनिक संरचनाको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाटलगायत ऐतिहासिक स्थलहरुको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

उक्त अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरद कुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।