काठमाडौँ – सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकबारे चौतर्फी आलोचना र विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा छलफल गर्नका लागि विशेष बैठक बोलाएका छन् ।


ADVERTISEMENT


एक साता लामो यरोप भ्रमणपछि आइतबारमात्रै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाबाट निर्वाचित सांसद र महानगरपालिकाका जनप्रतिनिधिलाई बालुवाटार बोलाएर विधेयकको बारेमा सोमबार छलफल गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले आजै गुठी विधेयकका बारेमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग छलफल गरेका थिए ।

युरोप भ्रमणबाट फर्किए लगत्तै विमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै प्रधानमन्त्रीले विधेयकमा कमी कमजोरी भए सच्याउने प्रतिवद्धता जनाएका थिए । विधेयकको विरुद्धमा स्वयम् नेकपाकै सांसद लागेका छन् ।