बझाङ – बझाङमा जीप दुर्घटना भएको छ । सदरमुकाम चैनपुरको डुङग्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटना परी हुँदा ९ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।


ADVERTISEMENT


सोमबार दिउसो २ः४५ मा उक्त जीप दुर्घटनामा परेको बताइएको छ । मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उनका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भीरबाटै पनि चार जनाको उद्धार गरिसकेको डीआईजी केसीले बताए। दुर्घटनाग्रस्त जीप भीरमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसी सहितको प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।

प्रमुख जिल्ला अधिकारी सुनारले हेलिकप्टरबाट घाइतेहरूलाई अस्पतालसम्म पुर्‍याउने प्रयास भइरहेको बताए। जीपको गियर फेल भएकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। गियर डाउन गर्दा फ्रि भएपछि स्पिडमा रहेको जीप दुर्घटना भएको हुन सक्ने डीआईजी केसीले बताए।