काठमाडौँ – राजपाले आफुले उठाएका मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही विषयहरुमा सरकारले अहिलेसम्म नसुनेको बताएका हुन् ।


ADVERTISEMENT


उनले रोष्ट्रम घेरेपछि मात्रै बोल्ने सिस्टम सरकार आफैले बसाएको भन्दै संसदीय मर्यादाअनुसार संसद चल्नुपर्ने बताए । ‘म सरकारलाई अनुरोध गर्न चाहन्छु । यसै किसिमबाट जाने हो भने संसद अवरोध हुन्छ । हामी पनि रोष्टम घेर्छो र जेजे गर्नुपर्ने हामी यहा सुरु गर्छौँ,’ कर्णले सरकारलाई चेतावनी दिए ।


ADVERTISEMENT

# # #


उनले आफुहरुले संविधान संशोधनको मुद्दा उठाउदा मधेसी जनजातीमाथि तरवार चलाएको भन्दै त्यसको उदाहरण लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि ल्याएको विज्ञापन भएको बताए ।

उनले उक्त विषय समावेशी समानुपातिक विरोधी भएकाले स्थगित गर्न निर्देशन दिएपनि मन्त्रीले त्यसको वेवास्ता गरेको बताए । उनले माइतीघर मण्डलामा मात्रै नभएर मधेसमा पनि लोकसेवाको विज्ञापन जलेको भन्दै फेरि मधेस आन्दोलन हुनसक्ने चेतावनी दिए ।

‘आज माइतीघर मण्डलामा मात्रै होइन, हिजो सप्तरीमा बाटो बन्द थियो । ठाउँठाउँमा विज्ञापन प्रतिलिपि जलिरहेको थियो । अब के सरकारले चौथो मधेश आन्दोलन नित्याइरहेको छ ?’ उनले प्रश्न गरे ।

उनले संसदमा दर्ता भएका विवादास्पद विधेयकहरु फिर्ता लिनुपर्ने भन्दै सरकारले भन्ने गरेको लोकतन्त्र व्यवहारमा नदेखिएको बताए ।

उनले लोकतन्त्रको विरोधमा कानुन ल्याउने हो भने लोकतन्त्र नटिक्ने भन्दै लोकतन्त्रको हत्या नगर्न आग्रह गरे ।