काठमाडौँ – कामना सेवा विकास बैंकले ‘स्पारो पे’ को खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनी संग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।


ADVERTISEMENT

# # #


खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टपअप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैँकले जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४३ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।