एजेन्सी – इङ्ल्याण्डमा जारी क्रिकेट विश्वकपमा आफ्नो दोस्रो खेलमा नै शतक प्रहार गरेका भारतीय आपनिङ ब्याट्सम्यान शिखर धवन विश्वकपबाटै बाहिरिएका छन् । सुरुदेखि नै लयमा देखिएका धवन आउट भएसंगै भारतलाई झट्का लागेको छ ।


ADVERTISEMENT


बायाँ हातमा चोट लागेपछि धवन विश्वकपबाट बाहिरिएका हुन् । यसअघि उनले विश्वकपमा तीन हप्ताका लागि मात्रै टिमबाट बाहिरिने बताइएको थियो । तर उनको घाउ ठिक नभएपछि पूरा विश्वकपबाटै बाहिरिएका छन् । भारतीय क्रिकेट बोर्ड बीसीसीआइका अनुसार धवनका हातमा लगाइएको ‘प्लास्टर’ जुलाईको मध्यसम्म रहनेछ । त्यसकारण उनी विश्वकपका बाँकी खेल खेल्न पाउने छैनन् ।


ADVERTISEMENT

# # #


९ जुनमा अष्ट्रेलियाविरुद्धको खेलमा शतक हानेर नायक बनेका धवनलाई उक्त खेलमा कल्टर नाइलको बल हातमा लागेको थियो । चोटका बाबजुत पनि ११७ रन बनाएपनि फिल्डिङ गरेका थिएनन् । उनको स्थानमा फिल्डिङ रवीन्द्र जडेजाले गरेका थिए । जाँचपछि उनको हातको औँला फ्क्चर भएको पत्ता लागेको हो ।

धवनले पाकिस्तानविरुद्धको खेल गुमाएका थिए । उनको स्थानमा लोकश राहुलले ओपनिङ गरेका थिए

धवनको ठाउँमा को ?

धवन विश्वकपबाट आउट भएसंगै उनको स्थानमा रिशभ पन्तलाई बोलाइएको छ । उनी यसअघि नै इङ्ल्याण्ड पुगिसकेका थिए । तर, ड्रेसिङ रुपममा भने उनलाई छिर्न दिइएको थिएन ।

भारतले शनिबार अफगानिस्तानविरुद्ध खेल्दैछ ।