काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भूमी व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताएका छन् । कलंकीमा आज नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए। “अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले अबको दुई वर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु, पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताए । “नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठुलो भूमिका छ ” प्रधानमन्त्री ओलीले भने “हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल,सुखी नेपालीको प्राप्तीका लागि प्रविधि मैत्री भएर काम गर्नुपर्दछ । ”