काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएपछि केही मन्त्रीहरु हेरफेरका लागि प्रधानमन्त्रीसंग छलफल भइरहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले जेट सार्वजनिक भइसकेपछि सरकार केही न केही रुपमा पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘म पनि अध्यक्ष भएकाले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको छ ।’ उनले भने, ‘ तर अहिले नै कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीले चाहेको बेलामा जतिबेला पनि पुनर्गठन हुन सक्छ ।’

अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भएको छलफलमा अब पार्टीको एकता प्रकृया जतिसक्दो छिटो टुंग्याउने बिषयमा कुराकानी भएको र शुक्रबार सचिवालयको बैठक डाकेर निर्णय गरिने बताए।

यस्तै उनले विप्लवप्रति राज्यले गर्ने काम जारी राख्ने बताए । उनले उल्टो बाटोबाट कहिँ नपुगिने बताउँदै वार्तामा आउन आग्रह गरे । ‘काठमाडौंमा बडो दुखद घटना भयो, चारवटा बम विस्फोट गराएर केही हुने पनि थिएन,’ उनले भने, ‘त्यो कन्फिडेन्ट छैन भन्ने प्रमाण पनि हो । राजनीतिक प्रक्रियामा आउनु नै राम्रो हो ।’

नेकपा अध्यक्ष प्रचण्डले गुठीलगायतका केही विधेयकमा जनसअुन्तुष्टि देखिएको स्वीकारेका छन् । एकातिर विधेयकबारे सबैलाई समयमै बुझाउन नसकेको र अर्को विधेयक निर्माणका क्रममा सरोकारबालासँग परामर्श नहुँदा यो अवस्था आएको उनले बताए ।