काठमाडौँ– नपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन् ।


ADVERTISEMENT


सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्,‘पार्टीभित्र देखिएको ६०/ ४० को भागबण्डा दुर्भाग्य हो, ग्रुपिज्म अन्त्य भएन भने पार्टी समाप्त हुन्छ, त्यसैले पार्टीभित्र अब सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ, मन्त्रिमण्डल विस्तार गर्दा पनि त्यही अनुसार गर्नुपर्छ, फलानोको र ढिस्कानोको भनेर मन्त्रिमण्डल र पार्टीका पदाधिकारी तथा केन्द्रिय कार्यसमितिमा नियुक्ती गर्नु उचित हुँदैन् ।’


ADVERTISEMENT

# # #


उनले पार्टीभित्र तत्कालिन पार्टी सभापति सुशिल कोइरालाको पालामा पनि ६० र ४० को भागबण्डा हुँदा त्यसले पार्टीलाई राम्रो नगरेको स्मरण गर्दै भनिन्,‘त्यतिवेलापनि मैले गुटबन्दी हुनुहुँदैन भनेर बोलेकी थिएँ, त्यसले पार्टीलाई कमजोर बनाएको छ, अब पनि गुटबन्दी हुनु भनेको पार्टी ध्वस्त हुनु हो ’

निर्वाचनमा टिकट वितरण गर्दा गुटबन्दीलाई अन्त्य गर्दै सबैलाई मिलाएर योग्य, सक्षम, जनतामा पपुलर  र ‘ग्रासरुट’मा भिजेकालाई ध्यान दिइनुपर्ने उनको धारणा थियो । माथिदेखि तलसम्म पार्टीमा एकता नहुँदा हालै सम्पन्न भएका स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा हार व्यहोर्नुपरेको उनको दाबी थियो ।

त्यस्तै उनले संविधानले उल्लेख गरे बमोजिम महिलाहरुलाई हरेक निकायमा ३३ प्रतिशत उपस्थिति गराउनुपर्ने बताईन् ।

आफ्नो पनि पार्टीमा योगदान भएको र पहिले पनि उपप्रधानमन्त्री भइसकेकोले आफूजस्ता महिलाले पार्टी उपसभापति र उपप्रधानमन्त्री पाउनु पर्ने उनले जिकिर गरिन् । यदी त्यस्तो नभएमा पार्टीले ठूलो दशा भोग्नुपर्ने उनको चेतावनी छ ।

फरक प्रसँगमा उनले चुना नजिकिएकाले संविधान संशोधन प्रस्तावलाई तत्काल थाँती राख्नुपर्ने समेत स्पष्ट पारिन् । संशोधन प्रस्ताव मधेसी जनताको चाहाना विपरित भएको भन्दै उनले भनिन् ‘‘यो प्रस्ताव मधेशी जनताले चाहेको प्रस्ताव हुँदैहोईन, यो त राजपाले चाहेको हो, त्यसैले अब चुनाव लक्षित भएर जानुपर्छ,’