काठमाडौं– बौद्धस्थित समता अस्पतालमा एक कर्मचारीको शंकास्पद मृत्यु भएको विषयलाई लिएर प्रहरीले अस्पतालका सञ्चालक उत्तम सञ्जेलसहित ३ जनालाई सोधपुछको लागि भन्दै हिरासतमा लिएको छ ।


ADVERTISEMENT


सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको महानयरीय प्रहरी परिसर टेकुले जनाएको छ ।


ADVERTISEMENT

# # #


रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ गत मंगलबार बिहान अस्पतालमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । तामाङ मृत अवस्थामा फेला परेपछि त्यहाँको अवस्था अझैँ पनि तनावग्रस्त बनेको छ ।

मृतक विमलाको गोजीमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको कागज भेटिएको थियो । प्रहरीका अनुसार कागजमा ‘म्याम’ लेखिएको थियो ।

त्यही आधारमा प्रहरीले मंगलबार नै सोधपुछको लागि भन्दै उत्तम, पत्नी कला, तीर्थ र संगीतालाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

तामाङको ‘हत्या’ भएको कुनै संकेत नभेटेपछि ज्यान मुद्दामा जाहेरी लिन समस्या भएको प्रहरी बताउँछ । महानगरीय प्रहरी वृत्त, गौशालाका अनुसार अहिले पनि पीडित र अस्पताल प्रशासनबीच छलफल भइरहेको छ