सर्लाही – सर्लाहीको लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको छ ।


ADVERTISEMENT


गोली हानाहानमा प्रहरीको गोली लागेर विप्लव समूहका जिल्ला इञ्चार्जको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमार पौडेल रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पोखरेलका अनुसार लालबन्दी नगरपालिका–१ लखनदेवी खोला छेउमा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेटपछि भिडन्त भएको हो ।

विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको प्रवक्ता पोखरेलले बताए ।