काठमाडौँ, फागुन १६ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले निर्वाचन गर्नका लागि नै यो सरकार बनेको भन्दै निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका हुन् । उनले भने–“सरकार संविधान संशोधन र निर्वाचन गराउने काममा हरसम्भव लाग्नेछ ।”


ADVERTISEMENT

# # #


मन्त्री थापाले मधेसी असन्तुष्ट दलहरु संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै संशोधन प्रस्ताव पारित नभए त्यही एजेन्डालाई निर्वाचनमा लैजान आग्रहसमेत गरे ।

उनले नेकपा (एमाले)को संविधान संशोधन गर्न हुँदैन र मधेसी मोर्चाको संशोधन गर्नुपर्छ भन्ने सोच अतिवादी हो भएको टिप्पणी गरे।

एक फरक प्रसंगमा उनले  आफ्नो मन्त्रालयअन्तर्गत रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका खाली रहेका उपकुलपतिको नाम आफूले प्रधानमन्त्रीलाई दिइसकेको र यसलाई सरकारले चाँडो निर्णय गर्ने बताए ।