काठमाडौँ, । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई लिन गएको माज्दा कारमा गुडिरहेको बेला एकाएक आगो लागेपछि शनिबार अपरान्ह ४ बजेतिर भागदौड मच्चियो ।


ADVERTISEMENT


विमानस्थलको गोल्डेन गेट प्रवेशद्वार कटेर विमानस्थलतर्फ उकालो लाग्दै गरेकोे सो कारमा एक्कासी आगो लागेको थियो ।


ADVERTISEMENT

# # #


ताहाचल काठमाडौं निवासी रितेश श्रेष्ठले चलाइराखेको बा ५ च ८३९५ को सो कारमा एकाएक आगो लागेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सन्दिप भण्डारीको नेतृत्वमा प्रहरी, सर्वसाधारण र विमानस्थलको अत्याधुनिक दमकल ल्याएर आगो नियन्त्रणमा लिइएको थियो ।

‘समयमै आगलागी नियन्त्रणमा लिएको कारण यसले ठुलो रुप लिन पाएन’—विमानस्थल सुरक्षा प्रमुख एसएसपि भण्डारीले भने । विमानस्थल नजिक यसरी गुडिरहेको कारमा आगलागी भएको यो पहिलो घटना हो ।