काठमाडौँ–  हंगेरीको बुढापेष्टमा जारी १७ औँ फिना विश्व च्याम्पियनसीप पौडी प्रतियोगितामा नेपाली खेलाडी टिसा शाक्यले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।


ADVERTISEMENT


शाक्यले १०० मि ब्रेष्ट स्ट्रोक एक मिनेट २६.१३ सेकेन्डमा पूरा गर्दै गौरीका सिंहको नाममा रहेको राष्ट्रिय कीर्तिमानीलाई भंग गरेको नेपाली टोलीका व्यवस्थापक पारश श्रेष्ठले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


यसअघि उक्त दुरीमा गौरिकाले सन् २०१५ मा काठमाडौँमा सम्पन्न २० औँ राष्ट्रिय खुला पौडी प्रतियोगितामा एक मिनेट २६.७२ सेकेन्डमा पूरा गरी राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् ।रासस