काठमाडौँ – राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


सदस्यसचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगतिविवरण बारे जानकारी दिँदै विष्टले जुलाईमा बस्ने आइसिसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने बताएका हुन् । रिपोर्टर्स क्लबमा आइतबार आयोजित साक्षात्कारमा सदस्य सचिव विष्टले क्यान निलम्बन फुकुवा हुने दाबी गरेका हुन् ।


ADVERTISEMENT

# # #


सोमबार कार्यकाल सकिँदै गरेका विष्टले यदी आफ्नो कार्यक्रम दोहोरिएको खण्डमा आइसिसीको हेड क्वार्टर मै पुगेर निलम्बन फुकुवाको पहल गर्ने पनि बताए । क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले अब पनि समाधान नभए सरकारसँग आग्रह गरेर नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया सुरु गर्नुपर्नेमा पनि उनले जोड दिए ।

केही स्वार्थी तत्वहरुका कारण क्यान विवाद समाधान हुन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा क्यान निलम्बनमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए । क्यानको विवादित कमिटिले अदालतमा मुद्धा दायर गरेर समस्या सामाधान अवरोध गरेको पनि विष्टको आरोप छ ।

धुर्मुस सुन्तलीले रंगशाला बनाउँने तपाईहरु नसक्ने भन्ने पत्रकारको प्रश्नमा विष्टले यस्तो सोच्नु अल्पज्ञान भएको बताए । सरकारका तर्फबाट दर्जनौँ रंगशाला बनिरहको दाबी गर्दै उनले कुनै एउटा रंगशाला निजी क्षेत्रले बनाउँदैमा आफूहरुले केही पनि नगरेको भन्ने सोच नराख्न उनले आग्रह गरे ।