काठमाडौँ – सदस्य सचिव विष्टले आफ्नो चार वर्षे कार्यकालमा गरेका विवरणहरु प्रस्तुत गरेका छन्। सोमबार चार वर्षे कार्यकाल सकिन लाग्दा विष्टले आइतबार रिपोर्टर्स नेपालमा कार्यक्रम गर्दै आफ्नो ‘स्वर्णकाल’का प्रगती विवरण सुनाएका हुन् । यसअघि विष्टले आफ्नो कार्यकाल नेपाली खेलकुदको इतिहासमा ‘स्वर्णकाल’ भएको दाबी गरेका थिए ।


ADVERTISEMENT


आफ्नो नियुक्ति निकै संकटग्रस्त समयमा भए पनि सफलतापूर्वक काम गरेको विष्टको दावी छ । भूकम्पपछि खेलकूद संरचना ध्वस्त भएको, राजनीतिक अस्थिरत, सबैजसो खेलकूद संघमा विवाद, बजेटको अभाव जस्ता समस्या चिर्दै आफूले कार्यकाल सफल बनाएको उनको दावी छ ।


ADVERTISEMENT

# # #


आफ्नो कार्यकाललाई ‘स्वर्णकाल’ बनाउने लक्ष्यका साथ काम सुरु गरेको बताउँदै उनले लक्षित गन्तव्य भेटाएको पनि बताए । इतिहासमै पहिलोपटक राखेपको तर्फबाट श्वेत पत्र जारी गरेको उल्लेख गर्दे उनले दलगत स्वार्थबाट माथि उठेर खेल क्षेत्रको स्वार्थका लागि काम गरेर चार वर्ष विताएको जिकिर गरे ।

आफ्नो कार्यकालमा खेल विश्वविद्यालय, खेल अस्पताल, वैदेशिक प्रशिक्षण, अन्तराष्ट्रिय पदक जित्नेलाई आजिवन भत्ताको व्यवस्था गरिएको विष्टले बताए । त्यसैगरी खेलाडिको स्वाथ्य, दुर्घटना र जीवन बीमा गर्ने प्रक्रिया सुरु गरिएको विष्टले बताए । विगतमा एक सयभन्दा कम योजना बन्ने गरेकोमा आफूले सात सयभन्दा बढि योजना बनाएर काम गरेको उनले जानकारी दिए ।

विभन्न खेलका लागि आवश्यक भौतिक संरचना बनाएको, कतिपय बन्ने क्रममा रेहको र केहीको प्रक्रिया सुरु गर्न लागिएको फेहरिस्त पनि विष्टले सार्वजनिक गरे । फुटबल, कराँते, कुस्ती, बक्सिङ जस्ता खेल संघमा भएको विवाद समाधान गर्नु ठूलो सफलता भएको उनको भनाई थियो । २–२ वर्षमा गर्नुपर्नेमा राष्ट्रिय खेलकूद प्रतियोगिता हुन नसकिरहेको अवस्थामा आफू नियमित गराएको जानकारी पनि विष्टले दिए ।

त्यसैगरी विगतमा नभएको पारा नेशनल खेल प्रतियोगिता, जेष्ठ नागरिकका लागि खेल र तेस्रो लिङ्गीलाई पनि खेल क्षेत्रमा सहभागि गराइएको विष्टले बताए । आफ्नो कार्यकालमा क्रिकेटले एक दिवसीय मान्यता पाएको, भलिबल, कबड्डी खेलले पहिलोपटक अन्तराष्ट्रिय पदक जित्न सफल भएकोमा आफू सन्तुष्ट भएको पनि विष्टले बताए ।

विगतमा एक सयभन्दा कम अन्तराष्ट्रिय पदक नेपाल भित्रिने गरेकोमा यस वर्ष त्यो संख्या ११ सय पुगेको पनि विष्टले दावी गरे । आफ्नो कार्यकालमा महिलालाई खेल क्षेत्रमा सक्रिय बनाउनका लागि गाउँ गाउँमा प्रशिक्षक पठाएको र आत्मरक्षाको तालिमसमेत प्रदान गरिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार
केशव विष्टको दाबी : जुलाईमा क्यान निलम्बन फकुवा हुन्छ

आफूले खेलकूद क्षेत्रलाई पर्यटनसँग जोड्ने अवधारणा ल्याएको बताउँदै विष्टले हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि हेलम्बुमा अध्ययन भइरहेको पनि बताए । समग्रमा आफ्नो चार वर्षे कार्यकाल सफल भएको उनको दावी थियो । “मलाई सदस्य सचिव बनाउँदा विरोध गर्ने र मन नपराउनेले पनि अहिले मेरो प्रशंसा गर्न थालेका छन् ।” विष्टले भने ।

असार ९ गतेसम्म मात्रै कार्यकाल रहेका विष्टले दोस्रो पटक पनि सदस्य सचिवको जिम्मेवारी पाउने विश्वास गरेका छन् । आफूले पहिलो कार्यकालमा गरेको कामका आधारमा पुनः जिम्मेवारी दिने वातावरण बनेको उनको जिकिर छ ।

साक्षात्कारमा सदस्यसचिव विष्टले १३ औँ दक्षिण एसियाली खेलकूल प्रतियोगिता निर्धारित समयमा नै गर्न नेपाल सक्षम रेहेको दावी गरे । विगतमा पटक पटक मिति सार्नुपर्ने बाध्यता आइपरे पनि अब भने आगामी डिसेम्बर एकदेखि प्रतियोगिता सुरु हुने विष्टको जिकिर छ । प्रतियोगिताको लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको पनि विष्टले बताए ।

डिसेम्बरमा पनि नेपालले यो प्रतियोगिता गर्न नसकेको खण्डमा आयोजनाको जिम्मेवारी नै गुमाउन सक्ने विष्टको भनाई छ । “संरचना निर्माण धमाधम भइरहेको छ । नीतिगत समस्या केही छैन । बजेटका विषयमा अध्ययन भइरहेको छ । अब डिसेम्बरमा बल, विवेक, क्षमताको प्रयोग गरेर प्रतियोगिता सम्पन्न गर्नुपर्छ । हुँदैका कि भन्ने आशंका नगर्नुस ।” उनले भने ।

यस्तै उनले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा आगामी जुलाई महिनामा हुने दाबी गरे ।