सिमीकोट – कर्णाली प्रदेश सरकारले दश वटै जिल्लामा छोरी जन्मिएपछि एक हजारको बैंक खाता संचालन गर्ने भएको छ ।


ADVERTISEMENT


आगामी आर्थिक वर्षको बजेटमा यस्तो कार्यक्रम ल्याए पछि नयाँ आर्थिक वर्ष सुरु भएपछि अब कर्णाली प्रदेशका जुन घरमा छोरी जन्मन्छन ती सबैको प्रदेश सरकारले बैंक खाता संचालन गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


छोरी जन्मने बित्तिकै एक हजारको बैंक खाता र त्यसपछि २० वर्षसम्म प्रति महिना पाँच सयका दरले पैसा उक्त खातामा जम्मा गरिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताए । पार्टीको कामको शिलशिलामा हुम्लामा रहेका मुख्यमन्त्री शाहीले आगामी वर्षको बजेटका बारेमा संचारकर्मीलाई जानकारी दिने क्रममा सो कुरा बताएका हुन् ।

कर्णालीमा बाल विवाह बढ्दो अवस्थामा रहेको र कानूनले बीस वर्ष पछि मात्रै विवाह गर्नु पर्ने नियम अनुसार यसलाई कार्यान्वयन गर्न पनि यो कार्यक्रम सहयोगी हुने मुख्यमन्त्री शाहीले बताए। अर्काको घरमा जाँदा अब छोरी रित्तै नभएर बीस वर्षसम्म सरकारले जम्मा गरेको तीन लाख रुपियाँ समेत लिएर घर जान पाउने उनले भने ।